Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा – Udhyognews.com
Saturday, June 14Nepal News Portal
Shadow

कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं । कुमारी बैंकको १० लाख कित्ता शेयर आजबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २२ गतेसम्म तोकिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्