Sunday, June 16Nepal News Portal
Shadow

नेप्से ३.९३ अंकले बढ्यो


काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३.९३ अंकले बढेको छ । नेप्से परिसूचक ०.१८ प्रतिशतले बढेर २११३.२७ विन्दुमा बन्द भएको हो ।

१४९ कम्पनीको सेयर मूल्य बढेको छ । ९० कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यस दिन तीन अर्ब ८९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ, होटेल तथा पर्यटन र निर्जीवन बिमा समूहको परिसूचक घटेको छ । बाँकी १० समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा लगानी समूह छ । यो समूहको परिसूचक १.८० प्रतिशतले बढेको छ।

Total Page Visits: 65 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्