Wednesday, December 6Nepal News Portal
Shadow

सुनसरीमा २१ वर्षीया महिला बलात्कार गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं, पुस २२ (ससं) । सुनसरीमा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ११ बस्ने ४० वर्षीय काशीराम चौधरी रहेका छन्। उनलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

काशीरामले ती महिलालाई सोमबार बेलुका बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनलाई सोही उपमहानगरपालिका ८ चिन्तन चौतारीनजिक प्रहरीले फेला पारेको थियो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Total Page Visits: 412 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्