Tuesday, June 18Nepal News Portal
Shadow

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश


काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ ।

मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे (टीओआर ) टुंगो लगाएको कार्यदल संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् ।

कार्यदलले कार्यादेश टुंगो लगाएर मंगलबार नै प्रधानमन्त्री दाहाल प्रचण्डलाई बुझाएको छ ।

कानुनमन्त्री गिरीका अनुसार मंगलबार बस्ने प्रतिनिधिसभा बैठकअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय छानबिन समितिमा रहने सांसदहरुको नाम टुंगो लगाउनेछ ।

Total Page Visits: 59 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्