काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जनाएका हुन् ।
उनले वायु प्रदूषण नियन्त्रण एवं नियमनका लागि काम गरिने जनाए । उनले मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने जनाए ।