Saturday, September 7Nepal News Portal
Shadow

लागूऔषधसहित चारजना पक्राउ


काठमाडौं, पुस २२ (ससं) । मोरङको लेटाङ नगरपालिका–२ मा रहेको चिसाङ पुलबाट विभिन्न लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूबाट २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस डाइजेल्याब पनि बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने २६ वर्षीय बिकेन राई, २५ वर्षीय राजकुमार लिम्बू, १६ वर्षीय किशोर र सोही नगरपालिका–३ बस्ने २२ वर्षीया अनु राई रहेका छन्।

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो।

प्रहरीले उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐेनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्