Tuesday, June 25Nepal News Portal
Shadow

बजेटपछि लगानीकर्ता निरास, दोहोरो अंकले घट्यो नेप्से


काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २हजार ८९.४२ विन्दुमा झरेको छ ।

मंगलबार सार्वजनिक भएको बजेटले पुँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश देखिएका हुन् । बजेटले केही ऊर्जा थप्ने र सुस्ताएको पुँजी बजारमा उत्साह छाउने आशामा बसेका लगानीकर्ता मंगलबार बजेट सार्वजनिक भएपछि निरास भएका हुन् ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आज ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबर भएको छ भने १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । हिजो ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको थियो ।
आज युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लाहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । युनिलिभरको सेयर मूल्य एकै दिन तीन हजार ९३५ रुपैयाँ बढेको छ भने कालिन्चोक दर्शनको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँले बढेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको छ ।

आज उपसमूहमध्ये चारको सूचको उकालो लागेको छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्