Sunday, February 16Nepal News Portal
Shadow

लण्डनमा बसोबास गर्ने नेपाली युवाको बिरामीलाई आर्थिक सहयोग


काठमाडौं । बेलायतको राजधानी लण्डनमा बसोबास गर्दै आएको युवा समूहले खोटाङ घर भएका सालिकराम खत्रीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । ग्रीन विच भलिबल परिवार नामक संस्थामा आवद्ध युवाहरुले संस्थाका सदस्य मनोज गुरुङको नेतृत्वमा करिब २० हजार रुपैयाँ संकलन गरेर खत्रीलाई सहयोग गरेका हुन् ।

खत्रीको घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ लामिडाँडा हो । उनी केही दिनदेखि झापाको बिर्तामोडमा रहेको बी एण्ड सी हस्पिटलमा कलेजोको क्यान्सको उपचार गराइरहेका छन् ।

उनको आर्थिक अवस्था कमजोर भएका कारण सहयोगी मन भएकाहरुबाट आर्थिक सहयोग जुटाइएको सदस्य गुरुङ बताउँछन् ।

“मेरो पनि घर बरामीकै वडामा पर्छ । उहाँको आर्थिक अवस्था कमजोर छ । उहाँलाई उपचारका लागि ठूलो खर्चको आवश्यकता छ,” उनले भने, “सहयोगी मनहरुबाट सहयोग जुट्यो भने उहाँलाई ठूलो आर्थिक भार हुँदैन भनेर हामीले आर्थिक सहयोग जुटाएका हौं । अहिलेसम्म नेपाली १८ हजार रुपैयाँ उठेको छ । म अब दुई हजार थपेर उहाँले पाउने गरी नेपाल पैसा पठाइदिन्छु ।”

यो भलिवल क्लबमा आवद्ध सदस्यहरुले स्वस्फुर्त सहयोग गरेको पनि उनी बताउँछन् । सदस्यले न्यूनतम १० पाउण्ड स्टलिङ सहयोग गरेको उनी बताउँछन् ।

कसले कति गरे सहयाेग 

तपसिल

1. Rabindra Roka £10

2. Umesh chand £10

3.  Manoj £ 10

4. Min Gurung £10

5. Jeevan thapa £10

6. Rekha Ghale £10

7. Jamuna Rana £15

8. Anil £10

9. Bijay & Ichchha 15

10. Gauri Thapa £10

11. Kamal Rana £15

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्