Monday, February 10Nepal News Portal
Shadow

युनाईटेड मोदी हाइड्रोपावरको स्थगित साधारण सभा जेठ २७ गते


काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले २०८० चैत २९ गते स्थगित भएको दशौं वार्षिक साधारण सभा पुन आगामी जेठ २७ गते बोलाएको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले सभा कालीमाटी ब्याक्वेट कालीमाटीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । यसभन्दा अगाडि आयोजना गरेको साधारण सभा गणपुर संख्या नपुगी स्थगित भएको थियो ।

सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष ९आव०को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले यस कम्पनीको शेयर लगानी रहेको युनाईटेड मेवा खोला हाइड्रोपावरद्वारा प्रवर्द्धित मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले कम्पनीको सञ्चालक समितिमा ४ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्