Sunday, February 16Nepal News Portal
Shadow

जीवन विकास लघुवित्तको लक इन अवधि असार २२ गते समाप्त हुने


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ९१ लाख ६३ हजार कित्ता बढी शेयरको लक इन अवधि असार २२ गते समाप्त हुने भएको छ ।

कम्पनीको संस्थापक शेयर हाल ९० लाख ९५ हजार ७५२.५७ कित्ता र कर्मचारीहरूको शेयर ६७ हजार ३७५.९५ कित्ता शेयरको लक इन अवधि असार २२ गते सकिने भएको हो ।

कम्पनीले सर्वसाधारण र कर्मचारीका लागि २०७८ असार ११ गतेदेखि असार १५ गतेसम्म बिक्री खुला गरेको आइपीओ असार २३ गते बाँडफाँड गरेको थियो ।

धितोपत्र बोर्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँट गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीले धारण गरेको, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँट गरिएको शेयर लकइन मा राख्नुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँट गरेको मिति आगामी असार २२ गते समाप्त हुन लागेकाले उक्त अवधिभर लक इनमा रहेका संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको शेयरको लक इन अवधि सकिन लागेको जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्