काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल २ लाख २३ हजार ४५१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
उक्त शेयर खरीदका लागि बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (जेठ १७ गते ) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्ने छ ।
शेयरको भाउ भने विक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक शेयरधनीले शेयर खरीद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गरिने बैंकले जनाएको छ ।