Wednesday, November 19Nepal News Portal
Shadow

विधि पढाउने ल क्याम्पसले ग-यो पढाइ सक्ने बेलामा भर्नाका लागि प्रवेश परीक्षा खुल्ला


काठमाडौं, पुस २३ (ससं) । विद्यार्थीलाई ‘विधि पढाउने’ नेपाल ल क्याम्पसले पढाइ सक्ने बेलामा भर्नाका लागि प्रवेश परीक्षा आह्वान गरेको छ।

त्रिभूवन विश्वविद्यालय अन्तर्गत सञ्चालित देशकै पुरानो ल क्याम्पस विधि नाघ्न पनि उम्दा देखिएको हो।

अरु कुनै विषयमा स्नातकसम्मको अध्ययन पूरा गरेर एलएलबी भर्नाका लागि तीन वर्षअघि फारम भरेका विद्यार्थीका लागि बल्ल बिहीबार मात्रै प्रथम वर्षको भर्नाका लागि प्रवेश परीक्षा तोकेको छ।

क्याम्पसले २०७५/७६ मै प्रथम वर्षको भर्ना गरेर अध्यापन सुरु गरेको भए यो वर्ष विद्यार्थी एलएलबी सकेर क्याम्पस छोड्ने तरखरमा हुन्थ्यो।

तर क्याम्पस प्रशासनले ६ सय जना विद्यार्थी पढ्न पाउने कोटा निर्धारण गर्दै आउँदो माघ १७ गते प्रवेश परीक्षा तोकेको सूचना प्रकाशित गरेको छ। उक्त वर्ष कानुन पढ्नका लागि तीन हजारभन्दा बढिले फर्म भरेको क्याम्पस प्रशासनले जनाएको छ।

चर्को शुल्कका कारण निजी क्षेत्रबाट सञ्चालित क्याम्पसहरुमा कानुन विषय पढ्न आर्थिक हिसाबले नसक्ने विद्यार्थीका लागि एक मात्र विकल्प नेपाल ल क्याम्पस हो। तर त्रिवी र क्याम्पस प्रशासनको लापरबाहीका कारण पढ्न पाउने मौलिक हकबाट विद्यार्थी वञ्चित भएका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्