Wednesday, April 16Nepal News Portal
Shadow

साताको अन्तिम कारोबारको दिन नेप्से दोहोरो अंकले घट्यो


काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १९.८९ अंकले घटेर दुई हजार ६९. ५३ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७० वटाको बढेको छ भने १७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, अप्पर लोहरे खोला हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी र युनिलिभर नेपाल रहेका छन् ।

आज पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्सको १९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्