Friday, January 24Nepal News Portal
Shadow

सरकारले बढायो विद्युतीय सवारीमा कर


काठमाडौँ । सरकारले विद्युतीय सवारीको कर वृद्धि गरेको छ । आर्थिक विधेयक, २०८१ मार्फत सरकारले विद्युतीय सवारीको क्षमता (सीसी) को आधारमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म भन्सार शुल्क र १० प्रतिशतसम्म अन्तःशुल्क वृद्धि गरेको हो ।

वृद्धि गरिएको कर अनुसार अब ५० किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार शुल्क लाग्नेछ भने ५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । यसअघि यस सेग्मेन्टका लागि अन्तःशुल्क फ्री थियो भने भन्सार शुल्क १० प्रतिशत मात्र रहेको थियो ।

१०० किलोवाटदेखि २०० किलोवाटसम्मको विद्युतीय सवारीमा यसअघि भन्सार शुल्क र अन्तःशुल्क समान २० प्रतिशत रहेकोमा यसपटक भन्सार शुल्क १० प्रतिशतले वृद्धि गर्दै ३० प्रतिशत पुर्‍याएको छ । तर, यता अन्तःशुल्क भने सरकारले चलाएको छैन ।

३०० किलोवाटदेखि माथिका सबै विद्युतीय सवारीमा सरकारले समान भन्सारमा २० प्रतिशतले वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ भने अन्तःशुल्कमा १० प्रतिशतले घटाएर ५० प्रतिशतमा झारिदिएको छ । यसअघि यस सेग्मेन्टको विद्युतीय सवारीमा भन्सार शुल्क ६० प्रतिशत र अन्तःशुल्क ६० प्रतिशत रहेको थियो ।

यसअघि भन्सार शुल्क तथा अन्तःशुल्कमा दिइएको सुविधाले विद्युतीय सवारीको माग र प्रयोगमा अत्यधिक वृद्धि आएको तर राजस्व गुमेको निष्कर्षसहित सरकारले यसपटक २० प्रतिशतसम्म भन्सार शुल्क र ५ प्रतिशतसम्म अन्तःशुल्कमा वृद्धि गरेको हो । तथापि, २०० किलोवाट माथिका विद्युतीय सवारीमा अन्तःशुल्क बढाइएको छैन थप घटाइएको छ ।

सीसीका आधारमा कायम गरिएको कर (प्रतिशतमा)

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्