काठमाडौं । बीमा कम्पनीहरुले अब विद्युतीय प्रणालीबाट अभिकर्ता तालिम सञ्चालन गर्नुपर्ने भएको छ। कम्पनीहरुले तालिमपछि अभिकर्तालाई ई–प्रमाणपत्र (डिजिटल) उपलब्ध गराउनुपर्नेछ।
नेपाल बीमा प्राधिकरणले बीमक (जीवन, निर्जीवन र लघु) का नाममा परिपत्र जारी गर्दै डिजिटल माध्यमबाट अभिकर्ताको तालिम सञ्चालन गर्नुपर्ने निर्देशन दिएको हो। अब बीमा कम्पनीहरुले अभिकर्ता तालिम निर्देशिका, २०७२ बमोजिम हुने गरी, विद्युतीय कारोबार ऐन, २०६३ र नियमावली, २०६४ को अधिनमा रही विद्युतीय प्रणालीबाट अभिकर्ताको तालिम सञ्चालन गर्नुपर्नेछ।
बीमा प्राधिकरणले अहिले बीमा अभिकर्ताको दर्ता, परीक्षा सञ्चालन तथा प्रमाणपत्र प्रदान, इजाजतपत्र जारी गर्ने तथा नवीकरणसम्बन्धी सम्पूर्ण कार्य विद्युतीय माध्यमबाट गराउँदै आएको छ।