Monday, February 10Nepal News Portal
Shadow

के तपाई घर -जग्गा धितो राखेर ऋण लिन खोज्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस्तो छ प्रक्रिया


काठमाडौं, पुस २३ (ससं) । धेरै मानिसले बैंकबाट ऋण लिन घर वा जग्गा धितो राख्ने गरेका छन्।
कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा लगानीमध्ये ६६.२ प्रतिशत कर्जा घर, जग्गाको धितोमा मात्रै गएको राष्ट्र बैंकको तथ्यांक रहेको छ ।

सो अवधिसम्म बैंक तथा वित्तीय संस्थाबाट ३४ खर्ब ४१ अर्ब कर्जा प्रवाह भएकामा २२ खर्ब ७८ अर्ब रूपैयाँ घर-जग्गा धितोमा गएको छ।

यस्तो कर्जा बर्सेनि बढ्दै गएको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा रियलस्टेट कर्जा ३.८ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ।

पछिल्लो समय व्यक्तिगत नाममा घर वा जग्गा किन्न ब्याजदर नबढ्नेगरी अर्थात स्थिर दरमा समेत ऋण पाइन्छ। बैंकहरूले किस्ताबन्दीमा चुक्ता गर्नेगरी ४० वर्षसम्मका लागि ऋण दिने गरेका छन्।

घर बनाउन वा किन्न, जग्गा किन्न, जुनसुकै वैधानिक व्यवसाय गर्न, विवाहरब्रतबन्धजस्ता सामाजिक कार्य गर्न पनि घर-जग्गा धितो राखेर ऋण लिन पाइन्छ।

अहिले पर्याप्त तरलता भएकाले अधिकांश बैंकको आधार दर घट्दै जाँदा ब्याजदर सस्तिएको छ। नबिल बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठ अधिकांश ऋणका लागि ग्राहकले घर वा जग्गाको पूर्जा नै धितोस्वरुप राख्ने बताउँछिन्।

‘अहिले एकातिर ब्याजदर सस्तो छ भने अर्कोतिर ५ वर्षसम्म ब्याज नबढ्नेगरी ऋण दिन सकिन्छ,’ उनले भनिन्। लकडाउन खुलेपछि घर(जग्गा धितो राखेर ऋण लिनेको संख्या बढेको उनले बताइन्।

उनका अनुसार नबिलले अहिले आधार दर (६.६८) मा १.५ प्रतिशत प्रिमियम जोडेर ऋण दिने गरेको छ।

‘माघदेखि आधार दर अझै घट्छ, त्यसकारण त्यतिबेला घररजग्गा धितोमा ऋण लिनेलाई ब्याज अझै कम हुन्छ,’ उनले भनिन्।

उनका अनुसार अहिले ऋणीले नविलबाट ५ वर्षसम्म ब्याज नबढ्नेगरी साढे ८ प्रतिशत ब्याजमै ऋण पाउन सक्छन्। नबिल मात्रै नभई सबै वाणिज्य बैंकहरूले ५ वर्षसम्म ब्याज नबढाउनेगरी ऋण दिने गरेका छन्।

दोस्रो त्रैमास (पुस मसान्त) पछि माघमा बैंकहरूले नयाँ आधार दर सार्वजनिक गर्ने छन्। त्यतिबेला अधिकांश बैंकको आधार दर घट्नेछ।

घरजग्गा धितो राखेर कर्जा लिन के-के चाहिन्छ कागजातरु

ऋण लिनेले बैंकमा घर, जग्गाको कागजपत्र धितो राख्नुपर्छ। यदि जग्गा छ भने जग्गाको लालपूर्जा र चार किल्ला प्रमाणित कागज चाहिन्छ। जग्गाको नक्सा प्रिन्ट भने बैंकले नै निकालिदिने गरेका छन्।

यसबाट ऋणीलाई नापी वा मालपोत कार्यालय गइरहनु पर्ने झन्झट रहन्न भने वास्तविक जग्गाको यकिन गर्न बैंकहरूलाई पनि मद्दत पुग्छ।

त्यस्तै बनेको घर धितो राख्न जग्गाको लालपूर्जासहित घरको नक्सापास, इजाजत पत्र, निर्माण सम्पन्नको कागजात पनि चाहिन्छ। ऋणीले आफ्नो आम्दानीको स्रोत खुल्ने प्रमाणित कागज पनि बैंकमा बुझाउनुपर्छ।

ती कागजात बैंकमा बुझाएपछि बैंकले मूल्यांकनकर्ता ९भ्यालुएटर० लाई हस्तान्तरण गर्छन्। भ्यालुएटरको टिमले कागजातका आधारमा घर वा जग्गाको स्थान, क्षेत्रफल, सरकारी मूल्य र चलन चल्तीको मूल्य यकिन गर्छ।

भ्यालुएटरको टिमले सरकारले तोकेको र चलनचल्तीको दर दुवैलाई मूल्यांकन गरी ऋणीले पाउन सक्ने अधिकतम ऋण रकम निर्धारण गर्छ। यसमा पनि चलनचल्तीको मूल्यलाई बढी ध्यान दिने गरिएको छ। ठाउँ हेरिकन चलनचल्तीको मूल्यलाई ५० देखि ७० प्रतिशत र सरकारी दरलाई ३० देखि ५० प्रतिशतको हाराहारीमा समायोजित मूल्य तय गरिन्छ।

भ्यालुएटरले तय गरेको मूल्यमा ६० प्रतिशतसम्म बैंकबाट ऋण लिन सकिन्छ।

कति लाग्छ सेवा शुल्क

वाणिज्य बैंकहरूले जति ऋण स्वीकृत गर्ने हो, सोको सम्पूर्ण रुपमा ०।७५ प्रतिशतभन्दा बढी प्रशासनिक शुल्क लिन पाउँदैनन्।

अर्थात १ करोड रुपैयाँ ऋण लिनेबाट बैंकले प्रशासनिक शुल्कवापत ७५ हजार रुपैयाँसम्म लिन सक्छन्। ठूलो रकमको ऋण र ऋणीसँग विगतको कारोबारलाई हेरिकन यो शुल्क घटाउन सक्नेछन्।

त्यस्तै विकास बैंकहरूले १, फाइनान्स कम्पनीहरुले १.२५ र लघुवित्त कम्पनीहरूले १.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउँदैनन्।

यो त भयो बैंकहरूले ऋण स्वीकृति गर्दा लिन पाउने अधिकतम सेवा शुल्क। अब घर वा जग्गाको मूल्यांकन लागि खटिने भ्यालुएटरले लिने सेवा शुल्क पनि ऋणीले नै तिर्नु पर्छ।

‘भ्यालुएटर बैंकसँग आवद्ध हुने भएकाले यस्तो शुल्क प्रायः बैंकलाई नै तिर्ने गरिए पनि वास्तवमा भ्यालुएटरलाई दिइने खर्च हो,’ श्रेष्ठले भनिन्।

खाली जग्गा, निर्माण हुँदै गरेको घर वा निर्माण सम्पन्न भएको घरको भ्यालुएसन शुल्क फरक फरक हुन्छ। भ्यालुएसन गरिएको सम्पत्तिकै निश्चित शुल्क यसमा छुट्याइको हुन्छ। खाली जग्गाका हकमा कुल भ्यालुएसन मूल्यको न्यूनतम ०.१० प्रतिशत भ्यालुएसन शुल्क लाग्ने गरेको छ।

त्यस्तै मालपोतमा घर वा जग्गा रोक्काका लागि लाग्ने शुल्क ऋणीले तिर्नुपर्छ। कर्जा सूचना केन्द्रमा पनि सामान्य शुल्क लाग्ने गर्छ।

कुन बैंकको ब्याजदर कतिरु

बैंकहरूले दिने कर्जाको ब्याजदर ती बैंकको आधार दर र उनीहरूले जोड्ने प्रिमियम दरमा भर पर्छ। सामान्यतः कम आधार दर भएको बैंकको ब्याज सस्तो मानिन्छ।

तर पर्याप्त तरलता भएको अहिलेको अवस्थामा बैंकहरूबीच प्रतिस्पर्धा हुँदा आधार दर बढी भएकाले पनि प्रिमियम दर एकदमै न्यून जोडेका हुन्छन्।

मानौं, ए बैंकको आधार दर ७ प्रतिशत छ र उसले २ प्रतिशत प्रिमियम जोडेको छ, अर्को बी बैंकको आधार दर ८ प्रतिशत छ र उसले ०.५ प्रतिशत मात्रै जोडेको अवस्थामा ऋणीलाई बी बैंककै ब्याज सस्तो पर्न आउँछ।

ऋणको प्रकृति, अवधि, तरलताको स्थिति लगायत पक्षमा बैंकले लिने प्रिमियम दर भर पर्छ। पर्याप्त तरलता रहेका कारण हाल आधार दरमा प्रिमियम दर ०.५ देखि ३ प्रतिशतसम्म तोकेर बैंकहरूले ब्याज निर्धारण गर्ने गरेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्