Monday, June 17Nepal News Portal
Shadow

केन्द्रीय बैंकले दुई दिनमा ७५ अर्ब तरलता तान्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार बैंकिङ्ग प्रणालीबाट ५० तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले दोस्रो दिन २५ अर्ब तान्ने भएको हो ।

निक्षेप सङ्कलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले बताएको छ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा तरलता बढी रहेको छ । गत जेठ १५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ६ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब २० अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

Total Page Visits: 64 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्