काठमाडौं । हिमालयन सेक्युरिटिजले असार ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना सम्बन्धी कम्पनीको प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संशोधन गर्न र सो पश्चात प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ ।