काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय सापेक्षा र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट अन्तुलित रहेको बताएका छन्।
सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा उनले बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको र समय सापेक्षता तथा मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार सन्तुलित रहेको बताए। बजेट कार्यान्वयन गरेर जानुपर्ने र यसमा सबैको सहयोगको अपेक्षा गरिएको जनाए।