काठमाडौं, पुस २३ (ससं) । स्थानीय बजारमा बिहीबार (आज) सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाला सुनको मूल्य प्रतितोला १३०० रुपैयाँ घटेको छ । हिजो प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य आज प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावि सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १० रुपैयाँ घटेर १३३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १३४० रुपैयाँमा खरिद विक्री भएको थियो ।
सुनको मूल्य ह्वात्तै घट्यो, हेर्नुहोस् कतिमा कारोबार ?
- स
- स
- स