Monday, June 17Nepal News Portal
Shadow

विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले १ अर्ब ५० करोड कित्ता शेयर बेच्ने घोषणा


काठमाडौं । विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले १ अर्ब ५० करोड कित्ता शेयर बेच्ने घोषणा गरेको छ। यो शेयर बेचेर कम्पनीले १३ अर्ब डलर बढी रकम जुटाउने योजनाजनाएको छ।

अरामकोले बिहीबार विज्ञप्ति जारी गर्दै सेकेन्डरी पब्लिक अफरिङ(एसपीओ) का लागि १ अर्ब ५० करोड ४५ लाख शेयर बेच्ने घोषणा गरेको छ। ०.७ प्रतिशत हिस्सा हो। बिक्री मूल्य प्रतिशेयर २६.७ रियालदेखि २९ रियालसम्म हुन सक्ने जनाएको छ।

अराम्कोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि शेयर बिक्री सुरु हुने बताएको छ। डिसेम्बर २०१९ मा जारी आइपीओपछि कम्पनीको यो दोस्रो सूचीकरण हो।

कम्पनीले आइपीओ बिक्री गरेर सन् २०१९ मा करिब २९ अर्ब ४० लाख डलर रुपैयाँ उठाएको थियो। यो इतिहासकै सबैभन्दा ठूलो आइपीओ हो।

 

अरामकोले बिहीबार विज्ञप्ति जारी गर्दै सेकेन्डरी पब्लिक अफरिङ ९एसपीओ० का लागि १ अर्ब ५० करोड ४५ लाख शेयर बेच्ने घोषणा गरेको छ। जुन ०‍.७ प्रतिशत हिस्सा हो। बिक्री मूल्य प्रतिशेयर २६.७ रियालदेखि २९ रियालसम्म हुन सक्ने बताइएको छ।

अराम्कोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि शेयर बिक्री सुरु हुने जनाएको छ। डिसेम्बर २०१९ मा जारी आइपीओपछि कम्पनीको यो दोस्रो सूचीकरण हो।

कम्पनीले आइपीओ बिक्री गरेर सन् २०१९ मा करिब २९ अर्ब ४० लाख डलर रुपैयाँ उठाएको थियो। यो इतिहासकै सबैभन्दा ठूलो आइपीओ हो।

बिहीबार एसपीओ घोषणा हुनुअघि कम्पनीको करिब ८२ प्रतिशत शेयर साउदी सरकारको स्वामित्वमा थियो।

Total Page Visits: 93 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्