काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको जानकारी दिएकोे छ ।
शनिबार (भोली) देखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।
त्यस्तै, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको नेपाल आयाम निगमले बताएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको हो ।