Wednesday, February 12Nepal News Portal
Shadow

सस्तो भयो मारुतीका कार


काठमाडौं । भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले कारको मूल्य घटाएको छ। एक्सचेन्ज फाइलिङका अनुसार कम्पनीले जुन १ मा अटो गियर सिफ्ट (एजीएस) लाइनअपका विभिन्न मोडलको मूल्य घटाएको हो।

यो मूल्य कटौती अल्टो के१०, एस–प्रेसो, सेलेरियो, वागेन–आर, स्विफ्ट, डिजायर, बलेनो, फ्रोनएक्स र इग्निजलगायत धेरै मोडलमा लागू गरिएको कम्पनीले जनाएको छ। कम्पनीले एक आधिकारिक विज्ञप्तिमा मूल्य कटौतीबारे खुलाएको छ। तर, मूल्य घटाउने निर्णयको पछाडि कुनै ठोस कारण भने बताइएको छैन।

यद्यपि, कम्पनीले आफ्नो एजीएस भेरियन्टहरुलाई अझ सस्तो बनाउन आफ्नो मनसायलाई जोड दिएको छ। कम्पनीले शनिबार ९जुन १० मा आफ्ना सबै मोडलको एजीएस भेरियन्टमा मूल्य कटौती गरेको घोषणा गरेको थियो। कम्पनीले विभिन्न मोडलको मूल्य भारु ५ हजार घटाएको छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्