Thursday, December 5Nepal News Portal
Shadow

नेपाल व्यवस्थापन संघको आयोजनामा ‘सीईओ कन्फरेन्स’ सम्पन्न


काठमाडौँ ।नेपाल व्यवस्थापन संघको आयोजनामा ‘सीईओ कन्फरेन्स’ सम्पन्न भएको छ । राजधानीको होटल सोल्टीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उपपराष्ट्रपति रामसहाय यादवले विद्यमान विश्व परिवेशमा आर्थिक, सामाजिक एवं वातावरणीय चुनौतीहरू बढ्दै गएको सन्दर्भमा त्यस्ता चुनौतीहरूको समुचित व्यवस्थापन एवं समाधानका लागि व्यवस्थापकहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राखे ।

सम्मेलनमा विभिन्न क्षेत्रका २०० भन्दा बढी प्रतिनिधिहरू– प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दाहरू, सामाजिक सुरक्षा तथा जीवनपर्यन्त सिकाइलाई सम्बोधन सरकार र सम्बन्धित सरोकारवालाहरूले समाजलाई लाभान्वित गर्ने सम्बन्धमा कार्यस्थलमा र कामका नयाँ प्रवृत्तिहरूका सम्बन्धमा छलफल भएका छन्।

‘परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित नेपाल व्यवस्थापन संघले ‘सीईओ कन्फरेन्स’ आयोजना गरेको हो,’ सम्मेलनमा स्वागत मन्तव्य राख्दै नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले भने । ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात’ मुख्य विषयवस्तु रहेका ेसम्मेलनको मुख्य उद्देश्य सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गरेको उनको भनाइ थियो ।


सम्मेलनमा स्ट्राटेजाका संस्थापक एवं ग्लोबल म्यानेजिङ पार्टनर इयान पालिस्टरले विद्यमान अस्थिरता, अनिश्चितता, जटिलता र अस्पष्टताका बाबजुद सफलता प्राप्त गर्ने रणनीतिका सम्बन्धमा विशेष मन्तव्य राख्नुभएको थियो भने अन्तिम सत्रमा सफलताका कथामा आधारित ‘शून्यदेखि असीमित सम्भावना’ सम्बन्धमा एम२पी फिनटेकका सह–संस्थापक तथा प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन तथा फ्युज मेसिनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा। समीर मास्केले महत्वपूर्ण दृष्टिकोण राखेका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्