Monday, June 17Nepal News Portal
Shadow

१७ प्रतिशत बोनस शेयरबापतको कर जम्मा गर्न मनकामना स्मार्ट लघुवित्तको आग्रह


काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ प्रतिशत बोनस शेयरबापतको कर जम्मा गर्न सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई मनकामना लघुवित्तको नामबाट २०७७ साउन ११ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।

एकीकृत कारोबारपछि शेयर खरीद गरेका वा आईपीओ बाँडफाँटमा परी हालसम्म शेयर कायम गरेका शेयरधनीको हकमा बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैले तिनुपर्ने व्यवस्थाबमोजिम कम्पनीले कर तिर्न भनेको हो । सम्बन्धित शेयरधनीले करबापतको रकम एनएमबि बैंकको भैरहवा शाखामा कम्पनीको नाममा रहेको खाता नम्बर ०७८००६६१२८३०००१२ मा जम्मा गर्न आग्रह गरिएको छ ।

सम्बन्धित शेयरधनीले करबापतको रकम जम्मा गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।

Total Page Visits: 98 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्