Tuesday, June 18Nepal News Portal
Shadow

डिम्याट खाता नविकरण गर्न लक्ष्मी सनराईज क्यापिटलको आग्रह


 

 

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले डिम्याट खाता नविकरणका लागि आग्रह गरेको छ । साविक लक्ष्मी क्यापिटल लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड एक आपसमा गाभिएर बनेको लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले २०८०/८१ सम्म हितग्राही खाता खोलेका सदस्यहरूलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरिएको हो ।

हितग्राही खाता खोलेका सदस्यहरूले वार्षिक सञ्चालक शुल्क वापत् १०० रूपैयाँ जम्मा गर्न क्यापिटलले आग्रह गरेको हो । सनराइज बैंकको नजिकको कार्यालयमा गई कम्पनीको लक्ष्मी सनराईज बैंक लिमिटेडको हात्तिसार शाखामा रहेको खाता नम्बर ००५११००९९६८ मा नविकरण शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको हो ।

आर्थिक वर्ष ०७९/८० सम्मको वार्षिक शुल्क बझाउन बाँकी रहेका डिम्याट खाता रोक्का रहेको हुँदा वार्षिक शुल्क बुझाई डिम्याट खाता सूचारु गराउन क्यापिटलले भनेको हो

Total Page Visits: 73 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्