Wednesday, February 12Nepal News Portal
Shadow

अर्थमन्त्री पुनले आफूमाथि रिस फेरेको पूर्वअर्थमन्त्री महतको आरोप


काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा अर्थमन्त्री वर्षमान पुनले आफूमाथि रिस फेरेको आरोप लगाए । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै महतले अर्थमन्त्रीले बजेट ल्याउँदा नुवाकोटको सडकमा रिस फेरेको आरोप लगाएका छन् ।

नुवाकोटको एउटा निर्वाचन क्षेत्रको आधाभन्दा धेरै जनसंख्याले सदरमुकामदेखि गोल्फु भञ्ज्याङसम्म हुँदै समुद्रटारबाट सिन्धुपाल्चोक नजिक हुँदै जाने सडकलाई कोल्याप्स हानिएछ। भौतिक तथा प्राविधिक सर्भेसहितका सबै काम सकिएको सडकलाई बजेट नै दिइएन। अर्थमन्त्री र भौतिक मन्त्रीले रोकेको सुनेँ। सायद बजेट नै राख्नु भएन होला,’ उनले बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्