काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएको जनाएकाछन् । यसले गर्दा भारतबाट सस्तो तरकारी नेपाल आउने र नेपाली कृषक मारमा पर्ने उनले जनाए ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले भने,‘स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएको आन्तरिक उत्पादन बढाउनका लागि भन्नुभयो, मत छक्क परेँ । यस्तो झुट सत्य हुन सक्दैन । हामीले भन्सारबाट नेपाल ल्याउन भ्याट लगाएका थियौँ, आन्तरिक उत्पादनमा लगाएकै थिएनौँ । विदेशको सस्तो यहाँ नआओस् र यही आलु उत्पादन होस, स्याउ यही उत्पादन होस, प्याज उत्पादन होस भनेर कृषकहरू खुसी थिए । तर जो व्यापारमा संलग्नहरूको प्रभावले उहाँले त्यसलाई हटाइदिनुभयो र प्रोत्साहन गर्नका लागि हटायौँ भन्नुहुन्छ ।
अर्थ मन्त्रालयको विविध क्षेत्रमा अहिलेपनि ७६ अर्ब रुपैयाँ रहेको भन्दै उनले अर्थ मन्त्रालयको लागि विगतमा ४७ अर्ब रुपैयाँ हुने गरेपनि यो पटक ९७ अर्ब रुपैयाँ पुर्याइएको जनाए ।