Wednesday, February 12Nepal News Portal
Shadow

शेयर बजारमा १३.५१ अंकको वृद्धि


काठमाडौं । आज सातको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २,०८३ को विन्दुमा कायम भएको छ । आज १७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शका लगानीकर्ताले ८. ८५ प्रतिशतका दरले कमाएका छन् । अपर सोलुका लगानीकर्ताले ८ . ४८ प्रतिशतका दरले कमाएका छन् ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्