Monday, February 10Nepal News Portal
Shadow

अर्थतन्त्र लयमा ल्याउन मेहनत गरिरहेका छौ‍ंःअर्थमन्त्री पुन


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र लयमा फर्किनसकेको र सरकारले लयमा ल्याउने काम गरिरहेको जनाएका छन्।

आइतबार बसेको संसद् बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ुअर्थतन्त्र लयमा आइसकेको छैन। सरकारले लयमा ल्याउन मेहनत गरिरहेको छ ।
अर्थमन्त्री पुनले युवा तथा निजी क्षेत्रको मनोबल उठाउनेगरी बजेट आएको दाबी गरे। बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचन थियो। समग्रमा राष्ट्रिय अर्थतन्त्रमै सङ्कुचन देखिएको अवस्थामा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान छ। गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धिदर थियो, त्यसको तुलनामा यो राम्रो हो उनले बताए ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्