Tuesday, June 25Nepal News Portal
Shadow

राष्ट्रिय धान दिवसका लागि नारा तय


काठमाडौँ । सरकारले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नारा तय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको हो ।

विभागका महानिर्देशक डा. हरि बहादुर केसी को अध्यक्षतामा जेठ १६ गते बसेको २१ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिको बैठकबाट राष्ट्रव्यापी रूपमा मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को लागि सो नारा तय गरिएको हो ।

यसअघि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले धान दिवसको लागि देशव्यापी रूपमा नारा सङ्कलन गरेको थियो । सोही अनुसार नारा तय गरिएको हो ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्