Monday, June 16Nepal News Portal
Shadow

ठमेल प्लाजा होटलको हकप्रद शेयर बिक्री खुला


काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइट्सले आज जेठ २१ गतेबाट आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको छ।

ठमेल प्लाजा होटलले शेयरधनीहरुले चुक्ता गरेको शेयरको ७०.३० प्रतिशतले हुन आउन हकप्रद शेयर बिक्री खुला गरेको हो। होटलको जेठ १९ गतेको विशेष साधारणसभाबाट साबिकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयरसमेत समेटेर आफूले चुक्ता गरेको शेयरको ७०.३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरिएको छ।

हकप्रद शेयरमा असार २३ गतेसम्म खरिद निवेदन दिन सकिने होटलले बताएको छ। हाल कायम शेयरधनीहरुले हकप्रद शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा सञ्चालक समितिको निर्णयबाट अन्य शेयरधनी, व्यक्ति तथा निकायलाई शेयर बेचबिखन, पुनः बाँडफाँट र अन्य किसिमले बिक्रीवितरण गरिने होटलले बताएको छ।

इच्छुक शेयरधनीले तोकिएको मितिभित्र सिटिजन्स बैंकमा ठमेल होटलको नाममा रहेको खाता नं। ०१५०१०००००६८१२०१ मा हकप्रद शेयर खरिदका लागि पैसा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्