Thursday, April 17Nepal News Portal
Shadow

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प


काठमाडौं । सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो ।

आज बिहानको भूकम्पको धक्कालाई ५.९ मान दिइएको छ । यो धक्काले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो ।

भूकम्प लगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवासमेत केहीबेर प्रभावित भएको थियो । होकुरिकु–शिंकान्सेन र जोयत्सु–शिंकान्सेन बुलेट ट्रेन सेवा केहीबेर रोकिएर करिब ७ बजेतिर पुनः सुरु भएको जापानका सञ्चार माध्यमहरुले बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्