Monday, June 17Nepal News Portal
Shadow

सुनको मूल्य तोलामा एकैदिन एक हजारले घट्यो


काठमाडाै‌ं ।स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भएको हो ।

साेमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपयाँमा कारोबार भएको थियो ।

साेमबार एक लाख ४० हजार ३०० रुपयाँमा कारोबार भएको छ । साेमबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

Total Page Visits: 67 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्