काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।