Tuesday, June 25Nepal News Portal
Shadow

फोनपेको आकर्षक सेवा


काठमाडौं । फोनपेले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा भ्वाइस नोटिफिकेसन सेवा शुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् । फोनपे बिजनेस एपले व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न मद्धत गर्ने कम्पनीले जनाएको छ।

यस प्रकारको नयाँ सुबिधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्युआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुनस् परिभाषित गरेको छ। उक्त सुबिधाले एसएमएसमार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नुपर्ने आवश्यकतालाई हटाएको छ ।

भ्वाइस नोटिफिकेशन सुविधाको सुरुवातसँगै, फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको कम्पनीले बताएको छ ।

भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा रियल टाइम भुक्तानी सूचनाहरू डेलिभर गर्दै व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धि जानकारीहरु कहिल्यै नछुटोस् भनी सुनिश्चितता गरेको बताएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्