काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा पासपोर्टको आयात घटेको छ । तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा
गत आर्थिक वर्षको १० महिनाको अवधिमा १ अर्ब ७९ करोड ८८ लाख रुपैयाँको पासपोर्ट भित्रिएको थियो । जुन चालू वर्षको १० महिनाको अवधिमा १ अर्ब ७४ करोड रुपैयाँमा सीमित बनेको हो ।
यस अवधिमा विदेशबाट ५६ हजार वटा पासपोर्ट आयात भएको छ । गत वर्षको सोही अवधिमा ६२ हजार ८४५ वटा पासपोर्ट आयात भएको तथ्याङ्कमा छ । नेपालमा आउने सबै पासपोर्ट फ्रान्सबाट आयात भएको छ ।