Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
नेप्से परिसूचक २२०० माथि पुगेर झर्याे, अन्य बाहेक सबै समूहप्रति लगानीकर्ताको आकर्षण – Udhyognews.com
Wednesday, June 11Nepal News Portal
Shadow

नेप्से परिसूचक २२०० माथि पुगेर झर्याे, अन्य बाहेक सबै समूहप्रति लगानीकर्ताको आकर्षण


काठमाडौं, पुस २३ (ससं) । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक वृद्धि भएर बन्द भएको छ । आज कारोबार सुरु भएदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार अवधिमा २२०४.९७ विन्दुसम्म पुगेको थियो भने बन्द हुँदा २१९४.४८ विन्दुमा झरेर रोकिएको छ । आज नेप्से परिसूचक १५.९१ अंकले वृद्धि भएको छ ।

आज २०८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मुल्यको शेयर खरिद विक्री प्रभु बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ३१ करोड ७१ लाख ३६ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ । प्रभु बैंकको प्रतिशेयर मूल्य ३८७ रुपैयाँ कायम भएको छ ।

५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । मल्टि प्रपोज फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने आइएमई जनरल इन्स्योरेरन्स लिमिटेड, मिर्मिरे माइक्रोफाइनान्स विकास बैंक लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये अन्य समूहको परिसूचक ०.२ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्