Monday, February 10Nepal News Portal
Shadow

नेप्से ३.७९ अंकले घट्यो


काठमाडौं ।  सामबार  शेयर बजार नेप्से परिसूचक ३ .९७ प्रतिशतले घटेर २,०७९ को विन्दुमा कायम भएको छ । आज ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ ।

साेमबार दिनभरिमा ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर खरिदविक्री भएको छ । आज यस कम्पनीको १४ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको १२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लागानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९. ६६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ .९१ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्