काठमाडौं। ५४ प्रतिशत मूल्य अभिवृद्धि (भ्यालू एड) हुँदै आएको स्पञ्ज आइरन उद्योगलाई धरासायी पार्ने गरी सरकारले कर निर्धारण गरेपछि उद्योगीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई भेटेर गुनासो गरेका छन्।
सकारकै नीतिका कारण ३६ अर्ब रुपैयाँ लगानी गरेर स्थापना गरिएको स्टिल उद्योगलाई समाप्त पार्ने गरी कर नीति अंगिकार गर्दा आफूहरु समस्यामा परेको उद्योगीहरुले बताएका छन्।
‘हामीले स्टिल उद्योगले देशमा पुर्याउँदै आएको योगदानका बारेमा पनि महामन्त्री थापालाई जानकारी गरायौं। आयात प्रतिस्थापनमा पुगेको योगदान पनि बतायौं, श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले भने, ‘सरकारको अस्थिर नीतिका कारण आफूहरु समस्यामा परेको र यसलाई सच्याउन पहलकदमी लिइदिन समेत आग्रह गरेका छौ।’
महामन्त्री थापाले यस विषयलाई आफूले गम्भीर रुपमा लिएको र प्रमुख प्रतिपक्षको हैसियतमा यो कुरालाई संसदमा जोडतोडका साथ उठाउने उद्योगीसामू प्रतिवद्धता समेत बताए।