काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो भने, मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।