Monday, June 17Nepal News Portal
Shadow

काठमाडौंमा हावाहुरीसहित वर्षा


 

काठमाडौं ।स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ। दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको छ ।

अहिले मकवानपुर आसपास मध्यम वर्षा भइरहेको छ। त्यस्तै मधेसको बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ। मकवानपुरको हात्तीसुँढेमा १२.२ मिलिमिटर वर्षा भएको छ। मकवानपुरकै रजैयामा १० मिलिमिटर वर्षा भएको छ।

बाराको कलैयामा ९.८ मिलिमिटर वर्षा भएको छ। बाराकै अमलेखगञ्जमा ९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Total Page Visits: 51 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्