Monday, June 17Nepal News Portal
Shadow

डिम्याट खाताको वार्षिक नवीकरण शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह


काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

कम्पनीले मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

खातावालाले प्रत्येक आथिक वर्षको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ ।

डिम्याट खातावालाले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क गरी शुल्क बुझाउन सक्नेछन् । मेरो शेयर प्रयोगकर्ताले मेरो शेयर ुलगइनु गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछन् ।

वार्षिक शुल्क भुक्तानी नगरेका खातावालाको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो शेयरसमेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।

Total Page Visits: 65 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्