Saturday, April 13Nepal News Portal
Shadow

१४ वर्षीय बालकले आमाले गाली गरेको निहुँमा गरे आत्महत्या


काठमाडौं, पुस २३ (ससं) । कोटेश्वरस्थित महादेवस्थान मन्दिर नजिकै १४ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । उदयपुरको गाईघाट घर भएका आशिष चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपीले बताएका छन् ।

घरको पैसा चोरेको निहुँमा आमाले गाली गरेपछि आवेगमा उनले आत्महत्या गरेका हुन् । आमा पसलमा बसिरहेको बेला चौधरी सलको पासो लागेर झ्यालमा झुण्डिएका थिए । सल काटेर मिनभवन स्थित सिभिल अस्पताल लैजाँदा चौधरीको मृत्यु भएको बताइएको छ । उनको शव अहिले सिभिल अस्पतालमा राखिएको छ ।

Total Page Visits: 742 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्