Tuesday, June 18Nepal News Portal
Shadow

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महसंघको पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ । बुधबर महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा भएको जनाए ।

दुई वर्ष अघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफलपछि मन्त्रीपरिषद्ले पारित गरेको छ । विकसित देशहरूमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक हो ।

‘नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अतिनै महत्त्वपूर्ण छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भुषालले भने, ‘किनकि यसका लागि महासंघले अनवरत रूपमा विभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै पनि आएको थियो ।’

अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरूबाट निकै खारिएर आएको जनाए ।

Total Page Visits: 67 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्