कामठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१र०८२ को बजेटमाथि छलफल गर्दै अध्यक्ष लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन आग्रह गरेका हुन् ।
मंगलबारको बैठकमा लिङ्देनले बजेटमाथिको छलफल हुँदा बैठकमा अर्थमन्त्री वर्षमान पुन उपस्थित नभएको भन्दै सम्बोधन गर्न मानेनन् । पछि अर्थमन्त्री उपस्थित भएपछि उनले सम्बोधन गरेका थिए ।
विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको उनको भनाइ छ । कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनि विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको उनको भनाइ छ ।