Tuesday, November 11Nepal News Portal
Shadow

एक बैंकको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा माघ १ गतेबाट पैसा लाग्‍ने


काठमाडौं, पुस २३ (ससं) । एक बैंकको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा माघ १ गतेबाट पैसा लाग्‍ने भएको छ।

बिहीबार नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकको एकिकृत निर्देशन २०७७ माघ १ गतेदेखि लागू हुने जानकारी दिएका छन्।

उनले भने, ‘ एउटा बैंक तथा वित्तिय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीममा प्रयोग गर्दा मासिक न्‍यूनतम २ वटा कारऊोबारसम्‍म निशुल्क गर्न सकिनेछ। तर त्‍योभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा रु. २० सम्‍म शुल्क लिन सक्‍नेछन्।’

यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्