Saturday, March 22Nepal News Portal
Shadow

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर विक्री गर्न लागेको हो । बैंकका केही संस्थापक शेयरधनीहरुले शेयर विक्री गर्न ईच्छा राखी निवेदन दिए अनुसार बैंक संचालक समितिको निर्णय अनुरुप शेयर विक्री प्रक्रिया अगाडी बढाउने निर्णय भएको हो ।

उक्त शेयरमा बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

बैंकले तोकिएको यस समयभित्र संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले यसै सूचना मार्फत जानकारी गराएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्