Tuesday, March 18Nepal News Portal
Shadow

एलआईसी नेपालको वार्षिक साधारणसभा असार १३ गते


काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल) ले आफ्नो २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असार १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गर्नेछ।

सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ। अध्यक्षको अनुमतिले अन्य कुनै विषयहरुमाथि पनि सभामा छलफल हुनेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब जेठ ३१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्