Tuesday, June 25Nepal News Portal
Shadow

महानगरभित्रका अस्पतालले आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नुपर्ने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरूलाई आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न आग्रह गरेको छ ।

महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्ता गुणस्तरीय सेवाबाट वञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्री बिक्री भइरहेको जनगुनासो आएपछि महानगरले अस्पतालहरूलाई आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको हो ।

साथै, महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रुपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सबै अस्पतालले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नुपर्ने महानगरपालिकाले बताएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्